काठमाण्डौं, १७ कात्तिक ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

काठमाण्डौ जिल्ला अदालतमा आइतबार दिउँसो ११ बजेबाट उहाँको थुनछेक बहस सुरु भएको हो । शुक्रबार न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा महराको बयान लिएको थियो ।
थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ । तीन वर्ष भन्दा धेरै कैद सजाय हुने मुद्दामा अदालतले अभियुक्तलाई थुनामा पठाउने गर्दछ । तर, यो मुद्दामा पछि पीडितले दबाबमा परेर आफुले निवेदन दिएको बताएकाले के आदेश आउँछ भन्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् ।












