
काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।
सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
बिभागले आज एक सुचना जारी गर्दै घोडेजात्राको अवसरमा पनि नियमीत सेवा दिने जानकारी दिएको हो । बिभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।












