Logo
Logo

भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलीबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताएका छन् ।

सोमबार दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले अब सरकार आरामले चल्ने समेत बताए । ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ’, उनले भने ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएसँगै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिज्ञा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्