Logo
Logo

‘भारत भ्रमण वैशाख पहिलो साताभित्र हुन सक्छ’


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भम्रण वैशाख पहिलो साताभित्र हुन सक्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।

‘भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्छ । जति भयो त्यो चाहिँ पर्याप्त छ । अब आरामसँग सरकार चल्छ । अब विकास, निर्माणको कामले गति लिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्