
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन वृहत्तर समन्वय बैठक राख्ने बताएका छन् ।
आज गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिने बताए । ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न वृहत्तर बैठक छिट्टै आयोजना गर्दैछु,’ उनले भने, ‘विकासलाई गति दिन गम्भीर छलफल हुन्छ। विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ ।’
उनले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने बताए। उनले जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको उनको भनाइ थियो
।
उनले गोरखा-२ बाट मंसिर ४ को चुनावमा आफूलाई जिताएकोमा धन्यवादसमेत दिएका थिए ।











