Logo
Logo

प्रदेश सांसद इन्द्र आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास


4.2k
Shares

काठमाडौं । कोसी प्रदेश नामाकरणको पक्षमा भोट दिएका प्रदेश सांसद इन्द्र आङ्बो ‘मौसम’माथि आक्रमणको प्रयास भएको छ ।

जिल्ला समन्वय समितिको बैठकमा ताप्लेजुङ जाँदै गरेका सांसद आङ्वोमाथी ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’का कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् ।

कोशी प्रदेश सांसद तथा माओवादी संसदीय दलका नेता आङ्बोले प्रदेश नामाकरणको पक्षमा भोट दिएका थिए । पहिचान विरोधी भन्दै उनको गाडीमा तोडफोडसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्