झापा । नेकपा एमाले मेचीनगर, झापाले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
पार्टी सिदान्त र सुदृढीकरणका लागि छलफल गर्न आपसमा समन्वय गर्नुको सट्टा खुट्टा तान्ने प्रवृत्तिले बढेको भन्दै नगर कमिटी सदस्य तथा १२ नम्बर इन्चार्ज शिव प्रसाईसहित १५ जनाले सामूहिक राजिनामा दिएका हुन् ।

पार्टीको सिद्धान्तविपरीत आफ्नो गोजीको सिद्धान्त प्रयोग गरी अहोरात्र खटिने, पार्टीमा आस्था र भरोसा राख्ने कार्यकर्ताहरूलाई असामान्य अवस्थामा पुऱ्याएकाे उनीहरूको आरोप छ ।
स्थानीय निर्वाचनदेखि पार्टी कमिटीको सामूहिक निर्णय विपरीत कार्य गर्ने प्रवृत्ति हावी भएको र पटकपटक छलफल गरी सहजिकरण गर्ने निकष निकालेता पनि पार्टीको निती नियम सिद्धान्त विपरीत काम नरोकिएको उनीहरूको भनाइ छ । उनीहरूले वडा कमिटीलाई असक्षम बनाउन सहनुमान प्रवृत्तिु देखाएको आरोप पनि लागएका छन् ।
राजिनामा दिनेहरू
१. शिव प्रसाई (नगर कमिटी सदस्य तथा १२ नं. इन्चार्ज
२. सहदेव ढुङ्गाना (नगर कमिटी सदस्य तथा १२ नं. सह इन्चार्ज
३. यमनाथ अधिकारी (नगर कमिटी सदस्य तथा १२ नं. सह इन्चार्ज
४. हेमकला सापकोटा (नगर कमिटी सदस्य)
५. धनबहादुर तामाङ्ग (वडा कमिटी अध्यक्ष)
६. रुखमान अधिकारी (वडा कमिटी उपाध्यक्ष)
७. मनोज खरेल (वडा कमिटी सचिव)
८. कृष्णमाया बराईली (वडा कमिटी सहसचिव)
९. राम कुमार प्रसाई (वडा कमिटी सहसचिव)
१०. विशुलाल मेचे (वडा कमिटी सदस्य)
११. पुन्य प्रसाद चापागाई (वडा कमिटी सदस्य)
१२. प्रकाश बराल (वडा कमिटी सदस्य)
१३. मिना लामा (वडा कमिटी सदस्य)
१४. रुपक धिमाल (वडा कमिटी सदस्य)
१५. योगेन्द्र काफ्ले (वडा कमिटी सदस्य)











