Logo
Logo

दलित समुदायले सयौँ वर्षसम्म सम्झिने गरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झिने गरी केही घोषणा गर्ने बताएका छन् । 

जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । दलित समुदायले राखेको २० सुत्रिय माग आफूबाहेक अरुले पूरा गर्न नसक्ने उनको दाबी थियो । 

उनले भने– ‘एउटा नयाँ युगतिर लैजाने अवसर मलाई प्राप्त भयो । अहिले म भिन्न परिस्थितिमा देशको कार्यकारी नेतृत्वमा छु । अहिले यहाँ २० सुत्रिय माग भनेर जे राख्नु भएको छ मलाई लाग्छ नेपालको आजको मितिमा म सँधै भन्दिनँ त्यो मैले गर्ने सके अगाडि जान्छ अरुले गर्न सक्ने स्थिति मैले देखेको छैन । त्यसकारण आज म के घोषणा गर्न चाहन्छु भने मेरो यो कार्यकालमा दलितहरूले सयौँ वर्षसम्म सम्झिने गरी केही घोषणा म गर्दै छु । गर्नेछु ।’

प्रधानमन्त्री प्रचण्डले जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्