Logo
Logo

बौद्धमा ‘सिएमएस फिजियोथेरापी सेन्टर’


1.2k
Shares

काठमाडौं । बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’को सञ्चालनमा ल्याएको छ । विशेष गरी स्पोर्टस इन्जुरीलाई आर्कषण गर्ने उदेश्यका साथ शनिबार सेन्टरको उद्दघाटन गरी सञ्चालनमा ल्याएको हो ।

सेन्टरको उद्दघाटन चर्चित खेलाडी राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले गरेका थिए । कार्यक्रममा राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुण शाही, सदस्य पुनम चन्द, कामना विष्टको उपस्थिती रहेको थियो ।

सञ्चालक तथा फिजियोथेरापिस्ट मनिषा भण्डारीले सेन्टरमा नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार सम्बन्धीे समस्या वा क्षतिलाई व्यााम तथा आधुनिक विद्युतीय उपकरणबाट उपचार गरिने बताए ।

उनले भने– ‘हाडजोर्नी सम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नशासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोर्ट्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी सेवा दिनेछौँ । ’

सेन्टरले उद्दघाटनको अवसरमा सात दिन विशेष छुट दिने समेत जानकारी दिए । ।

थेरापीले उपचारपछि नकारात्मक असर (साइड इफेक्ट० नहुने, बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने, दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने, स्वास्थ्य व्यक्तिलाई शारीरिक समस्या आउन नदिन लगायतको फाइदा हुने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्