Logo
Logo

गठबन्धनबीच चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति


1.6k
Shares

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच चाँडै मन्त्रिपरिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारबारे छलफल भएको हो ।

फाईल तस्विर

कांग्रेस नेता रमेश लेखकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको तर, भागबन्डाबारे भने छलफल नभएको बताए ।

‘सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ’, उनले भने, ‘चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्