Logo
Logo

मधेसी जनताको अधिकार दिलाएर छाड्छौं : सिके राउत


504
Shares

काठमाडौं । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गरेका छन् ।

बारा जिल्लाको सदरमुकाम कलैयामा बुधबार आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले मधेसी जनतालाई अधिकार दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरे।

मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घरघरमा रोजगारी सिर्जना गर्न एवं किसानलाई सहुलियतमा मलखाद उपलब्ध गराउन राज्य संवेदनशील हुनुपर्ने बताए ।

जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको भन्दै उनले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्