Logo
Logo

महानगरले भाडामा लियो काठमाडौं प्लाजा


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेको छ।

आज (बिहिबार) महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। नेपाल ट्रष्टसँग महानगरले काठमाडौं प्लाजा १० वर्ष भाडामा लिने सम्झौता गरेको छ।

पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि हुने सम्झौतामा उल्लेख छ। महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरमा १६ विभाग छन्। ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।

छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो। करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्