Logo
Logo

नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य


378
Shares

काठमाडौं । ‘नेपाली पात्रो’ र ‘तोयनाथ पञ्चाङ्ग’बीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटा र तोयनाथ पात्रोका सूर्यनाथ पन्तबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई संस्थाबीचको यस सहकार्यले देशभर र देश बाहिर रहेका नेपालीहरुले विक्रम संवत् २०८० को शुद्ध र स्पष्ट पञ्चाङ्ग नेपाली पात्रोमा पाउन सक्ने नेपाली पात्रोले जानकारी दिएको छ । तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो ।

प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले गृहकार्य गरिरहेको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्