Logo
Logo

छात्रा बलात्कारको आरोप लागेपछि शिक्षक फरार, प्रिन्सिपल प्रहरी नियन्त्रणमा


3.2k
Shares

धनुषा । धनुषाको सबैला नगरपालिका–३ स्थित एक विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक फरार भएका छन् । बुधबार सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको आरोप लागेको हो ।

विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको देखेपछि शिक्षक भागेका थिए । छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएका उनका साथीहरुले बताएका छन् ।

प्रहरीले छात्रालाई बुधबार नै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ । तर, आरोपी शिक्षक भने फरार छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तर, यर्थात विवरण यकिन भइसनसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्