
काठमाडौं । बागमती प्रदेशबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । माओवादी नेतृत्वको प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्रीले आज संयुक्त रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिने तयारी गरेका हुन् ।
उनीहरुले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर सरकारबाट राजीनामा दिने एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।
बागमती सरकारमा एमालेबाट जगन्नाथ थपलियाआर्थिक मामिला तथा योजनामन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री र एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री छन् ।
उनीहरु चारे जनाले एकैचोटि राजीनामा दिन लागेका हुन् । अर्थमन्त्री जगन्नाथ थपलिया पुस २६ गते नियुक्त भएका थिए भने बाँकी तीन मन्त्री माघ ११ गते नियुक्त भएका थिए ।











