Logo
Logo

विदेशीने नेपालीको संख्या बढ्यो



काठमाडौं । पछिल्लो १० वर्षमा विदेशीने नेपालीको संख्या २ लाख ६९ हजार ९८ जनाले बढेको छ ।

शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्ने गरेको पाइएको हो ।

जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्