Logo
Logo

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय


1.8k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो ।

कांग्रेसले एमाले नेतृत्वको सत्ता साझेदार दलमा सहभागी माओवादी केन्द्रसहितका साना दललाई सरकारबाट बाहिरिन आग्रह पनि गरेको छ । अहिले एमाले नेता लिला गिरी नेतृत्वको सरकारमा माओवादी पनि छ ।

लुम्बिनीमा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दावी गरिरहेको छ । प्रदेश सभाका १० दलमध्ये माओवादी केन्द्र १० सांसदसहित तेस्रो दल हो ।

लुम्बिनी प्रदेशमा कांग्रेसका २७ प्रदेश सभा सदस्य छन् । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, जसपा, लोसपा, जनमतका ३र३ सदस्य छन् । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् । स्वतन्त्रबाट २ प्रदेश सभा सदस्य निर्वाचित भएका छन्

प्रतिक्रिया दिनुहोस्