Logo
Logo

जसपाकाे विधान मस्यौदामाथि सुझाव संकलन कार्य तिव्र


2.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विधान मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । ​जसपाले प्रदेशस्तरीय अन्तरक्रिया र छलफलका कार्यक्रमहरु गरेर सुझाव संकलन गरिरहेको हो ।

शनिबार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र प्रदेशस्तरीय भ्रातृसंगठनका पदाधिकारीहरु सहभागि हुने गरेका छन् ।

भ्रातृसंगठनहरुको चैत्र १३ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ट्रेड युनियन महासंघले १२ गते, बौद्धिक पेसाकर्मी महासंघले १४ गते विधानको मस्यौदामाथि सुझाव पेस गर्ने गरी अन्तरक्रिया र छलफलको कार्यक्रम तय गरेका छन् ।

जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्