काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवंम सांसद रञ्जिता श्रेष्ठ चौधरीले राज्यले टीकापुरलाई न्याय दिनुको सट्टा आरोप र कर्फ्यु लगाइएको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले टीकापुरले न्याय खोजेको बताईन् । अत्यधिक मतले सांसद जितेका रेशम चौधरीको पूर्णकाल राज्यले खाइदिएको भन्दै उनले आफ्नो कार्यकाल पनि न्याय माग्दामाग्दै बित्ने त हैन ? भन्दै प्रश्न समेत गरिन् ।
कैलालीको टीकापुर बिनाकारण बदनाम भएको हत्याराको उपमा पाएको भन्दै गुनासो गरेकी छन् ।
‘टीकापुर घटनाले बिनाकारण बदनाम भयो टीकापुर । अछामी, थारु, पूर्वेली मधेसीबीचको द्वन्द्व देखाएर आरोपको सिकार भयो टीकापुर,’ उनले भनिन्, ‘आगन्तुकले रगतको होली खेले, एकले अर्कोलाई घाइते बनाए । तर, बिनाकारण सबैको हत्यारा भयो टीकापुर ।’











