
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको एक हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै दुई महिना पुग्न लागेको छ । कांग्रेसमा आकांक्षी बढी हुँदा मन्त्री बन्नेको नाम टुंगो लगाउन सकस परेको छ ।











