Logo
Logo

ट्याटु बनाउने रहर मात्र हैन थारु महिलाको पहिचान हो


756
Shares

काठमाडौं । पछिल्लो समय ट्याटु बनाउने प्रचलन देश विदेश जताततै बढ्दो छ । युवाहरुको रहरको रुपमा विकास भएको ट्याटु थारु महिलाहरुको पहिचानको रुपमा लिइन्छ ।

टिका अर्थात् ट्याटु थारु महिलाका लागि वर्षौँ देखिको पहिचान हो। थारु महिलाले ट्याटु आफ्नो जन्म घर र विवाहपछि श्रीमानको घरमा गरी दुईवटा बनाउने चलन थियो ।

तर अहिलेका युवा पुस्ताले यस किसिमको पुरानो शैलीको ट्याटु बनाउन छाडेका छन् । खासमा त अहिले यसरी ट्याटु बनाउनेहरू पनि असाध्यै कम छन्।

थारुको बासस्थान रहेको नवलपुरको तरुवा गाउँमा अहिले यसरी ट्याटु बनाउने महिला निक्कै कम छन्। ‘अहिलेको नयाँ पुस्ता न ट्याटु बनाउन आउँछन्, न यो ट्याटु बनाउने कला सिक्न नै आउँछन्,’ ट्याटु बनाइरहेका महिलाहरू भन्छन्।

प्रतिक्रिया दिनुहोस्