
काठमाडौं । गोदावरी नगरपालिकाले चापागाउँ सडकखण्डमा पर्ने २५ वटा घरटहरा भत्काउन निर्देशन दिएको छ ।
नगरको १० र ११ नम्बर वडामा पर्ने २५ वटा घरटहराका धनीको नाममा सूचना जारी गर्दै पालिकाले आजकै मितिबाट चार दिनभित्र उक्त भौतिक संरचना भत्काउन निर्देशन दिएको हो ।
सडक विस्तारका क्रममा ती घरटहरा भत्काउनका लागि आर्थिक वर्ष २०७६र०७७ मा नै क्षतिपूर्ति रकम लिएपनि हालसम्म नभत्काएको नगरको सूचनामा उल्लेख छ । तोकिएको समयमा उक्त संरचना नहटाए नगपालिकाले नियमअनुसार आवश्य कारबाही गर्ने बताएको छ ।












