
काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत भएसँगै मर्यादाक्रमको विषय पुनः चर्चामा आएको छ ।
राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्व सहमतिले स्वीकृत गरेसँगै पुनः यस विषयले बहस सिर्जना गरेको हो ।
सरकारी एवम् सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनलाई योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधनलगायतका विषय विधेयकमा समेटिएको भए पनि क्रम नमिलेको बारे यसअघि देखि नै बहस हुँदै आएको थियो ।
विधेयकमा राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने लगायतका विषय समावेश गरिएको छ ।
उक्त विधेयक आइतवार प्रस्तुतकर्ता सदस्यहरुको तर्फबाट प्रकाश पन्थले संघीय संसदको सचिवालयमा दर्ता गरेका थिए ।
हेर्नुहोस् विधेयककाे पुणार्पाठ :-











