Logo
Logo

नेपाल टेलिकमका इन्टरनेट ग्राहक घट्दै


945
Shares

काठमाडौं । खराव व्यवस्थापनका कारण नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का इन्टरनेट ग्राहक घट्न थालेका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको अघिल्लो महिनाको प्रतिवेदनले टेलिकमको ग्राहक घटेको देखाएको हो ।

गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो । मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै ३ हजार ३ सय २९ जना ग्राहक गुमाएको हो ।

टेलिकमको टेलिफोन ग्राहक पनि २ करोड १३ लाख २५ हजार ३ सय ५१ बाट २ करोड ९ लाख ८० हजार २ सय ३८ मा सीमित भएको छ । टेलिकमको सबैभन्दा बढी ग्राहक जीएसएम मोबाइलको ग्राहक घटेको छ । मंसिरसम्ममा २ करोड १ लाख ८६ हजार १ सय ६० रहेकोमा पुसमा आइपुग्दा १ करोड ९८ लाख ४२ हजार ७ सय ३२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्