Logo
Logo

गाईको मासु बेच्नेलाई कारवाही गर्न मधेशी आयोगद्वारा गृहलाई पत्र


819
Shares

काठमाडौं । मधेशी आयोगले गाईको मासु बेच्ने पर्साको विरगंज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

हिन्दु परिषद् नेपालका केन्द्रिय सदस्य अरुण झाले संचालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक संजालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्नको लागि उजुरी दर्ता गराएका थिए ।

सो उजुरी प्राप्त भएपछी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार गरेको छ ।

आयोगका अध्यक्ष डा. दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैर कानुनी क्रियाकलाप रहेको भन्दैै आयोगले उक्त विषयमा तुरन्त कारवाही गर्न गृहलाई पत्र पठाइएको बताए । अध्यक्ष दत्तका अनुसार यस्ता गैर कानुनी काम गर्ने जो-सुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारवाही गरिनेछ ।

आयोगले सामाजिक संजाल फेसबुकमा मो कबिर नाम गरेको व्यक्तिले हिन्दु धर्मका देवी देवताहरु माथि अपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरु माथि प्रहार गर्नेलाई समेत कानुनी दायरामा ल्याई तुरुन्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

यस्तो छ पत्र

प्रतिक्रिया दिनुहोस्