Logo
Logo

दुई एसएसपीलाई प्रदेशको इन्चार्ज दिइयो




काठमाडौं । हेडक्वार्टरमा डिआइजी हुँदा हुँदै गृह मन्त्रालयले दुई एसएसपीलाई प्रदेशको इन्चार्जमा खटाएको छ । एसएसपी राजेश बाँस्तोलाई कोशी तथा भरत बोहरालाई सुदुरपश्चिको प्रदेश प्रहरी प्रमुखका रुपमा खटाइएको छ ।


एसएसपीलाई खटाइएकोमा प्रहरी हेडक्वार्टरका डिआइजीले असन्तुष्टि जनाएका छन् ।
अन्य तीन प्रदेश पनि रिक्त छन् । बागमती, मधेस र लुम्बिनी प्रदेशमा पनि डिआइजी खटाउने कि एसएसपी भन्नेमा अन्योलता छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी उमेशराज जोशी एक प्रदेशमा खटिनेछन् । अन्य डिआइजीमध्ये सबैले एकपटक इन्चार्ज चलाइसकेकाले उनीहरुलाई नै खटाउने र कि एसएसपीलाई पठाउने भन्नेमा कुरा मिलेको छैन । जबकी दुई डिआइजी एसएसपी प्रमुख हुने कार्यालयमा काजमा खटिएका छन् । नयाँ गृहमन्त्री नियुक्तिअघि नै गृह मन्त्रालय समेत सम्हाल्दै आएका प्रधानमन्त्री प्रचण्ड प्रहरीको उच्च तहमा बढुवा र सरुवा गराउन लागिपरेका छन् । अर्काेतर्फ बढुवाको एक सातासम्म एआइजीको पदस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्