Logo
Logo

गठबन्धनमा कुन दललाई कति मन्त्रालय ?


4.2k
Shares

काठमाडौं । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । दिउँसा ४ बजे बालुवाटारमा बस्ने बैठकले दलहरुले पाउने मन्त्रालय र संख्याको मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ ।

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक संसद विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा छन् । उनले करिब करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेका छन् । सत्तारूढ गठबन्धनभित्र नेपाली कांग्रेसले एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिनेछ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी एक राज्यमन्त्रीसहित ३/३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दुई मन्त्रालय पाउनेगरी प्रचण्डले आन्तरिक भागबन्डा गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), आमजनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चासहितका साना दललाई एक/एक मन्त्रालय छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्