Logo
Logo

सशस्त्रका इन्सपेक्टरसहित तीन प्रहरी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० कात्तिक ।
सशस्त्र प्रहरुीा इन्सपेक्टरसहित तीन जना अख्तियारको फन्दामा परेका छन् । सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीले भारतको स्थानीय बजारबाट मालसामान क्यारिङ गरी ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि सेवाग्राहीसँग भन्सार शुल्क बाहेक २० हजार घुस लिएको अनुसन्धान गर्दा त्यसमा इन्सपेक्टरकै मिलेमतो देखिएको हो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीमा कार्यरत रहेका सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीले सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट हुने मालसामानको ओसारपोसारको काम सहज गरिदिने भनी रकमको बार्गेनिङ गरेको खुलेको हो । आयोगले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस दिन बाध्य पारी सो वापत सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीसमेत तीन जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा विगो रु.२०,०००।– (बीस हजार) कायम गरी आरोपीहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजायको मागदाबी लिई बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्