Logo
Logo

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवालाई रिहा गर्न विश्वप्रकाशको माग


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोधमा नाराबाजी गरेको आरोपमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।

महामन्त्री शर्माले लोकतन्त्र, गणतन्त्रमा प्रधानमन्त्री या कसैको विरोध गर्नेव्यक्तिको मुख थुन्न नपाइने भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका तीनजना युवाको मुख थुनेको र उनीहरुलाई पक्राउ गरी थुनामा परेपछि तत्काल रिहा गर्न माग गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

‘सम्माननिय पीएमनेपाल लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद् र आपत्तिजनक थियो ।’ ुआफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’

७ चैतमा थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका युवा अहिले थुनामा छन् । बैंकको चर्को ब्याजललगायतका विषयमा नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई मुखख थुन्दै प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

१२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तोकेको ५ हजार धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका छन् । यसपछि महामन्त्री शर्माले उनीहरुको रिहाका लागि माग गर्दै लोकतन्त्रमा विरोधीको मुख थुन्न नपाइने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्