Logo
Logo

राजाबादी भन्दै ज्ञानेन्द्र शाहीलाई मिटरब्याज पीडितले लखेटे (भिडियो)


1.8k
Shares

काठमाडौं । मिटरब्याज पीडितहरुले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् ।

आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने समेत बताएका थिए ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका थिए ।

ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटर ब्याज पीडितले उनीबिरुद्ध चर्को नाराबाजी गरेका थिए ।

त्यसपछि शाही एकजनाको बाईकमा पछाडी चढेर त्यहाँबाट फर्किएका थिए ।

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्