Logo
Logo

आजको मौसम : काठमाडौंसहित पहाडी क्षेत्रमा पानी पर्ने


441
Shares

काठमाडौं । देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पुर्वानुमा महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा आज मौसम बदली हुनेछ । अपराह्न ४ बजेपछि काठमाडौंका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्