Logo
Logo

‘बेटर होम अप्लायन्स’ले उत्कृष्ट विक्रेतालाई थाइल्याण्ड पठायो


693
Shares

काठमाडौं । घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमणमा पठाएको छ ।

रवि एण्ड सन्नी इण्डस्ट्रिज प्रा. लि. अन्तर्गतको ईलेक्ट्रोनिक र होम अप्लायन्स ब्रान्डले आफ्नो सबैभन्दा बढी सामान विक्री गर्ने उत्कृष्ट रिटेलरहरूलाई थाइल्याण्डको पाँच दिने भ्रमणमा पठाएको हो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै सामान बेच्ने रिटेलरहरूलाई प्रोत्साहन स्वरुप थाइल्याण्ड यात्रा पुरस्कारको रुपमा दिइएको कम्पनीले बताएको छ ।

अहिलेको कठिन आर्थिक अवस्थाका बावजुद, बेटरले आफ्ना रिटेलरहरूलाई आगामी वर्ष अझ राम्रो विक्री गरुन र अगाडि बढुन भनेर प्रोत्साहन र प्रेरणाको रूपमा यात्रा प्रस्ताव गरेको बेटर होमका सह-संस्थापक तथा सीओओ सन्नी रौनियारले बताए ।

बेटर होम अप्लायन्सेस नेपालमा इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने उद्योग हो । पोखरामा कर्पोरेट कार्यालय राखेको कम्पनीले वीरगंजमा उद्योग स्थापना गरेको छ । कम्पनीले प्रेसर कुकर, राईस कुकर, आईरन, ईन्डक्सन चुल्हो, ईन्फ्रारेड चुल्हो, ईलेक्ट्रिक जग, हिटर, पंखा लगायतका घरयासी सामान उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्