Logo
Logo

मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एसको आकस्मिक बैठक बस्दै


2.8k
Shares

काठमाडौं । नकपा एकीकृत समाजवादी पार्टीको आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकजना मन्त्रीको नाम भने पनि आजै दिन आग्रह गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाएका हुन् ।

आज(बुधबार) बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो । त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको मात्र भएपनि नाम दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले नेकपा एसलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने बताएका छन् । आजै एकजना मन्त्रीको नाम दिन आग्रह गरेपछि नेकपा एसको सचिवालय बैठक बोलाइएको हाे ।

सचिवालयमा छलफल गरेर एकजनाको नाम आजै पठाइने नेकपा एसका एक नेताले बताए । स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

नेकपा एसबाट तीन मन्त्रालय पाउँदा डा। बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने निश्चित भएको छ । आज भुसाल, जोशी र प्रकाश ज्वाला मध्ये कसको नाम पठाउनेबारे सचिवालय बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्