Logo
Logo

नागरिकता विधेयक संसदमा पेस गर्न गगन थापाको माग


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक यही अधिवेशनमा पेस गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकता नपाउँदा नेपाली हुन नपाएको र उनीहरुले कुनै पनि सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराए ।

उनले भने, ‘कयौं नेपालीले अहिले पनि नागरिकता पाएका छैनन्, नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न नपाउने, लोकसेवाको परीक्षा दिन नपाउने, अन्य महत्वपूर्ण कामबाट उनीहरु वञ्चित भएका छन् ।’

कांग्रेस सांसद थापाले अहिले भएका विमतीहरुलाई थाती राखेर दलहरुका बीचमा जेजे कुरामा सहमति छ, ती विषयलाई समेटेर अबिलम्व पारित गर्ने गरी यही संसदको अधिवेशनमा नाागरिकता सम्बन्धी विधेयक पेस गरिनुपर्ने बताए। उनले नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने भन्दै यो विधेयक पेस गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्