काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पहिचान माग्दा मृत्युवरण गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै पहिचान माग्नेहरूमाथि राज्यले तर्साउने र झुटा मुद्दा लगाएर जेलमा कोच्ने काम गरिरहेको उनले बताए । राज्यले जनता तर्साउने काम मात्रै गरिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘राज्य जनता तर्साउनमा मात्रै जान्छ छ । कहिले लाठी बर्साएर तर्साउँछ । कहिले बुट बजाएर तर्साउँछ । केही दिन पहिले मात्रै पद लिम्बूको टाउकोमा लाठी बर्सियो । पदम लिम्बू सहित भए । के पदम लिम्बूले अन्य कुनै देशमा पहिचान मागेका थिए ? पहिचान माग्दाखेरि झुटा मुद्दा लगाइन्छ । अनि जेलमा कोचिन्छ । पहिचान माग्दाखेरि मृत्युवरण गर्नुपर्दछ ।’
पहिचानको आवज बोलेर सांसद बनेपछि उनीहरूको मुद्दाबारे नबोल्ने गरेको उनको भनाई थियो । उनले भने, ‘हामी धेरै पहिचानको आवज बोलेर हामी माननीयहरूका आज यस भवनभित्र बस्न पाएका छौँ छिर्न पाएका छौँ । तर, उनीहरूको मुद्दाबारे हामी कहियौँ बोलको छौँ ? उनीहरूको मुद्दाबारे हामीले पनि कुरा उठाउनुपर्छ ।











