Logo
Logo

पाल्पाको रानीमहललाई तेजमहल बनाउनुपर्छ : ओली


504
Shares

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजनहरु युट्युब र टिकटकसँग डराउनु नपर्ने बताएका छन् । बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले टेलिभिजनकै सूचना र समाचार सामग्री युट्युब र टिकटकमा आउने गरेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुकसँग तर्सिएको देख्छु । उनीहरूले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्, तिनीहरू व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरू टिमवर्कमा चलेका हुन्छन् । आधुनिक प्रविधि प्रयोग गर्दै इमानदार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउनु पर्दैन ।’

उनले विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको बताउँदै नेपालमा १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रशारण सुरू भएको उल्लेख गरे । बदलिँदो समयअनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने उनको भनाइ छ ।

उनले पाल्पाको रानीमहल दरबार ऐतिहासिक धरोहर भन्दै यसबाट प्रेरणा लिनुपर्ने समेत कार्यक्रममा बताए । उनले आफू प्रधानमन्त्री हुँदा रानीमहलसहित एक सय स्थानलाई पर्यटकीय स्थल घोषणा गरेको स्मरण गर्दै भने, ‘रानी तेजकुमारीको स्मरणमा खड्कशमसेरले बनाएकोले यसको नाम रानी तेजमहल बनाउनुपर्छ । मिसन ग्रासरूट अभियानका क्रममा ओली बुधबार बुटवल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्