Logo
Logo

एआइजीको पदस्थापन, डिआइजी सरुवा हुन सकेन




काठमाडौं । गत साता बढुवा भएका नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक(एआइजी)को पदस्थापन भएको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले पदस्थापनको निर्णय गरेको हो ।


एआइजी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिपक थापाको प्रशासन विभाग, श्यामलाल ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यालय र किरण बज्राचार्यको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा पदस्थापन भएको छ ।
एआइजीको फुली लगाएको एक सातापछि उनीहरुले जिम्मेवारी पाएका हुन्। उनीहरु प्रशासन विभागमा हाजिर गर्दै आएका थिए ।


एआइजीको पदस्थापन भएपनि डिआइजीको भने सरुवा हुन सकेको छैन । बागमती, मधेस र लुम्बिनी प्रदेशमा डिआइजी पद रिक्त छन् । जसमा उमेशराज जोशी, दुर्गा सिंह र किरण राणालाई पठाउने प्रस्ताव भएको थियो । तर, निर्णय भएर नआएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । औपचारिक निर्णय नभएपनि उनीहरुले भने बधाई खाइसकेका छन् ।
कोशी र सुदुरपश्चिममा भने एसएसपीलाई नै प्रदेश प्रमुख दिइएको छ । कोशीमा राजेश बाँस्तोला तथा सदुरपश्चिममा भरत बोहराले जिम्मेवारी पाएका छन् ।


एआइजीका १३ पद रिक्त रहेकोमा बढुवा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्