
काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज छलफल गर्ने भएका हुन् ।
सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुने गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिए । उनका अनुसार छलफलमा दुबै तर्फबाट ५–५ जना गरि १० जना हुनेछन् ।











