
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
बुधवार बसेको बैठकमा दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति जुटेपनि कसले कुन मन्त्रालय पाउने भन्ने वषयमा सहमति हुन नसकेपछि गठबन्धनको बैठक पुनः आज बस्न लागेको हो ।
आजको बैठकबाट मन्त्रालयको भागबन्डा हुने जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । मन्त्रालयको भागबण्डा मिलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।











