
काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । मन्त्रालयको टुंगो लगाउन केहि बेरअघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।
सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन । मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।











