Logo
Logo

‘सिके राउत मधेसका हुटिट्याउँ हुन्’


2.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हुटिट्याउँको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन् ।

‘चन्द्रकान्त राउतले २०७९ को आम निर्वाचनमा सप्तरी २ बाट उपेन्द्र यादवलाई हराए । नेपालको राजनीतिमा राउतको योगदान र बलिदानी त्यत्ति हो’ बस्नेतले लेखेका छन् ।

राउतले उपेन्द्र यादवको बिरोधका लागि बिरोध गर्छन् । राउतको राजनीतिक विचार, सिद्दान्त, दर्शन, लक्ष्य, नीति र कार्यक्रम यत्ति भएको समेत बस्नेतले बताएका छन् ।

उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा खटाइएका एकाध अबुझहरुलाई उनले सिके राउतको तथाकथित वैज्ञानिक प्रयोग, परीक्षण, आविष्कार र खोज भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्