Logo
Logo

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री


4k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वरिष्ठ नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । बिहीबार बसेको पार्टी बैठकले भण्डारीलाई मन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसको औपचारिक निर्णय गर्ने भने दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिले गर्ने छ । भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्नेछन् ।

सत्ता गठबन्धन दलबीच लोसपालाई एक मन्त्रालय दिने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्