काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच बिहीबार पुनः वार्तामा बस्ने भएको छ । बिहीबार दिउँसो बसेको बैठक विना निष्कर्ष टुंगिएपछि पुनः आजै वार्तामा बस्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए । उनका अनुसार आज साँझ ६ बजे पुनः वार्ता हुने भएको हो ।

गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए । वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएका छन् ।
यसअघि मिटरब्याज संघर्ष समितिले मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको थियो । उनले वार्ता सकरात्मक भएको पनि बताए ।











