काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेस पार्टी गिरोहमा परिणत हुन लागेको भन्दै उनले पार्टी नेतृत्व अक्षम बन्दै गएको उल्लेख गरेका छन् ।
पार्टी परित्यागको घोषणा गर्दैसामाजिक सञ्जालमार्फत उनले बिहीबार वाग्लेले वैकल्पिक राजनीतिक अपनाउनुपर्ने पनि बताएका छन् ।
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ । अब कांग्रेस-कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’, उनले लेखेका छन् ।
उनले पार्टी परित्यागसँगै सक्रिय राजनीतिमा आउने संकेत गरेका छन् । ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको चर्चा । उनी रास्वपाबाट तनहुँ-१ हुने उपनिर्वाचनमा उम्मेदवार बन्न लागेको बताइएको छ ।











