Logo
Logo

राजन आचार्य खोटाङ उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित


567
Shares

खोटाङ । खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । उद्योग वाणिज्य संघको ११औँ जिल्ला अधिवेशनबाट उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन ।

बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल ६ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भएका छन् ।

उनले सुमन श्रेष्ठलाई पराजित गरे । कोषाध्यक्षमा नेत्रबहादुर कटवाललाई पराजित गर्दै युधिर शाक्य विजयी भएका छन । सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्