Logo
Logo

सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छः मन्त्री शर्मा


378
Shares

भैरहवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र सिद्धार्थनगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएका हुन् ।

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, सहिदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बताए ।

मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी दिए ।

अब सरकार विस्तारपछि नतिजा देखिने महत्त्वपूर्ण कामको थालनी गर्ने पनि उनले बताए । अर्को प्रसङ्गमा मन्त्री शर्माले जनताका माग सरकारसम्म पुर्याउने र सरकारले गरेका काम जनतासम्म पुर्याउन स्थानीय पार्टी कमिटी र नेता कार्यकर्ताको महत्त्वपूर्ण भूमिका हुने बताए ।

उनले आज नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्