
हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आजबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको अनुगमन गरेका छन् ।
हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि दुईवटा पुगेर मन्त्री श्रेष्ठले परीक्षाको अनुगमन गरेका हुन् । सो क्रममा मनत्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिए ।
उनले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टीमलाई धन्यवाद दिए । साथै, परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन निर्देशन दिए ।
त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान गर्दै विद्यालयका नर्सलाई परिक्षार्थीहरुलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा अलर्ट रहन सम्बन्धित केन्द्राध्यक्ष मार्फत निर्देशन दिए ।











