काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका थिए । जनमत पार्टीका नेता बिपी साहका अनुसार पार्टीले उद्योग मन्त्रालय मागेको थियो । तर, मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएको हुन् । अन्य मन्त्रालय लिने कि बाहिर बस्ने भन्नेबारे आज साँझ पार्टीमा छलफल हुने बताइएको छ ।











