Logo
Logo

यस्तो बन्यो प्रचण्ड क्याबिनेट


9.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज (शुक्रबार) नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका दलहरूलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभामा फेरि विश्वासको मत प्राप्त गरेका प्रचण्डले नौ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाइसकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । जसमा कानुन न्याय तथा संसदीय,परराष्ट्र, युवा तथा खेलकुद,वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।

सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएपछि आज मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका हुन् ।

यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी कांग्रेस नेता पूर्ण बहादुर खड्काले पनि उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन
पुष्पकमल दाहाल ‘प्रचण्ड’ : प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या
पूर्णबहादुर खड्का : उपप्रधानमन्त्री, रक्षा
नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री, गृह
डा. बेदुराम भुसाल : मन्त्री, कृषि तथा पशुपन्छी विकास
अशोककुमार राई : मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी : मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. प्रकाशशरण महत : मन्त्री, अर्थ
महिन्द्र राय यादव : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शक्तिबहादुर बस्नेत : मन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ
रेखा शर्मा : मन्त्री, संचार तथा सूचना प्रविधि
सुदन किराती : मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी : मन्त्री, सघीय मामिला तथा सामान्य प्रशासन
प्रकाश ज्वाला : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
रञ्जिता श्रेष्ठ : मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रमेश रिजाल : मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
सिता गुरुङ : मन्त्री, सहरी विकास
सुशिला सिर्पाली ठकुरी : राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रतिक्रिया दिनुहोस्