काठमाडौं । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेसम्म मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीलाई खारेज गर्ने निर्णय गरेको बताएका छन् ।

गृहमन्त्री श्रेष्ठले आज पदबहाली गर्दै आफुले दुई विषयमा हस्ताक्षर गरेको उक्त विषयलाई मन्त्रिपरिषद बैठकमा निर्णयका लागि प्रस्तावको विषयमा लैजाने जानकरी दिए ।
‘अहिलेसम्म मन्त्री सचिवले सुराकीको नाममा यहाँ खर्च गर्ने प्रणाली थियो हाललाई त्यो खारेज गरिएको छ । र त्यसलाई क्याविनेटमा निर्णयको लागि प्रस्तुत गर्नेछु’, उनले भने ।
गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा मनपरी खर्च गर्ने गरेका थिए । यसअघि महालेखाले पनि यस खर्चबारे प्रश्न उठाएको थियो । उक्त खर्च गर्ने प्रणालीको आलोचना हुँदै आएको थियो ।











